Kathmandu Press

हावाहुरी पीडितलाई राहत र उद्धारमा जुट्न कांग्रेसको आग्रह

काठमाडौं, जेठ २४ : हावाहुरी पीडित कैलाली र कञ्चनपुरका बासिन्दालाई राहत र उद्धारमा जुट्न नेपाली कांग्रेसले नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ।

....
हावाहुरी पीडितलाई राहत र उद्धारमा जुट्न कांग्रेसको आग्रह

काठमाडौं, जेठ २४ : हावाहुरी पीडित कैलाली र कञ्चनपुरका बासिन्दालाई राहत र उद्धारमा जुट्न नेपाली कांग्रेसले नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका पीडितको राहत र उद्धारमा नेता तथा कार्यकर्तालाई जुट्न आग्रह गरेको हुन्।

हावाहुरीका कारण दुई जनाको मृत्यु र एक सयभन्दा बढी व्यक्ति घाइते, अङ्गभङ्ग तथा भौतिक संरचनाको क्षति एवं जनजीवन प्रभावित भएको घटनाप्रति कांग्रेसले दुःख प्रकट गरेको छ।

प्राकृतिक विपद्का कारण अकालमै निधन भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति कांग्रेसले समवेदना प्रकटसमेत गरेको छ।

कांग्रेसले विपद्मा परी घाइते भएकालाई तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा ज्यान गुमाएका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

पार्टीले सञ्चालन गरेको ‘हिमाल, पहाड तराई–मधेश राष्ट्रिय जागरण अभियान’ जेठ २५ मा समापन गर्ने केन्द्रको परिपत्र भए पनि कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण हुन पुगेको मानवीय र भौतिक क्षतिको संवेदनशीलतालाई आत्मासात् गर्दै समापन कार्यक्रमभन्दा राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको जनाएको छ।

प्रकाशित मिति: १४:३६ बजे, शुक्रबार, जेठ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्