Kathmandu Press

सेती नदीमा डुबेर युवकको मृत्यु

काठमाडौं, चैत २१ : डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज (शनिबार) दिउँसो एक युवकको मृत्यु भएको छ।सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनियर...
सेती नदीमा डुबेर युवकको मृत्यु

काठमाडौं, चैत २१ : डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज (शनिबार) दिउँसो एक युवकको मृत्यु भएको छ।

सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनियर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धामीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए। 

शिखर नगरपालिका-२ मुडेगाउँको कालागाड नजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किएर धाँमीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:३८ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्