Kathmandu Press

शनिबार थप १२८ जनालाई कोरोना

काठमाडौं, चैत २१ : नेपालमा शनिबार थप १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा २७२७ मा पिसिआर गर्दा १२८ जनामा कोरोना...
शनिबार थप १२८ जनालाई कोरोना

काठमाडौं, चैत २१ : नेपालमा शनिबार थप १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा २७२७ मा पिसिआर गर्दा १२८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ।

पछिल्लो २४ घन्टामा १६१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार १२३ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु एक जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३२ पुगेको छ। 

प्रकाशित मिति: १६:३१ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्