कोरियन भाषा परीक्षामा सिसि क्यामराको निगरानी
काठमाडौं, जेठ २४ : भोलिदेखि संचालन हुने कोरियन भाषा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। सिसि क्यामराको निगरानीमा परीक्षा हुने वैदेशिक रोजगार विभागअन....

काठमाडौं, जेठ २४ : भोलिदेखि संचालन हुने कोरियन भाषा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। सिसि क्यामराको निगरानीमा परीक्षा हुने वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस शाखाले जनाएको छ।
कोरियन भाषा परीक्षा शनिबार र आइतबार काठमाडौं भक्तपुर, ललितपुर र पोखरा हुनेछ। इपिएस शाखाका अनुसार, दुई चरणमा परीक्षा हुनेछ।
परीक्षालाई मर्यादित बनाउन सिसि क्यामराको निगरानी गरिन लागेको इपिएस शाखाका प्रवक्ता शोभराज भण्डारीले बताए। ‘गत वर्षभन्दा मर्यादित बनाउन सिसि क्यामेरा प्रयोग गर्न लागेका छौं,’ उनले काठमाडौं प्रेससँग भने।
कोरियन भाषा परीक्षाका लागि तीन जिल्लामा ३२ परीक्षा केन्द्र तोकिएको छ। काठमाडौंमा २१, ललितपुरमा सात र कास्कीमा चार परीक्षा केन्द्र रहेका छन्।
गत वर्षभन्दा यो वर्ष धेरै आवेदन परेकाले चारवटा केन्द्र थपिएको ईपीएस शाखाले जनाएको छ।
यस वर्ष ९२ हजार दुई सय ५६ जनाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएको इपिएस शाखाका प्रवक्ता भण्डारीले बताए।
सबैभन्दा बढी उत्पादनतर्फ ६३ हजार चार सय ८७ जनाको आवेदन परेको छ भने कृषितर्फ २८ हजार आठ सय ८६ जनाको आवेदन परेको छ।
आवेदन दिनेमध्ये ७७ हजार तीन सय ९३ पुरुष र १४ हजार नौ सय ८३ महिला रहेका छन्। यो पटक आवेदन दिनेको संख्या गत वर्षभन्दा १० हजार एक सय १२ बढी छ।












-(7)-1765197040.jpg)