Kathmandu Press

‘माओवादी केन्द्रले समर्थन फिर्ता नलिएसम्म सरकार परिवर्तनको कुराले अर्थ राख्दैन’

काठमाडौं, चैत २१ : नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता विष्णु रिजालले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने...
‘माओवादी केन्द्रले समर्थन फिर्ता नलिएसम्म सरकार परिवर्तनको कुराले अर्थ राख्दैन’

काठमाडौं, चैत २१ : नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता विष्णु रिजालले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताएका छन्।

नेता रिजालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै उनले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएसम्म सरकार परिवर्तनको कुराले कुनै अर्थ नराख्ने बताएका हुन्।

उनले सत्ता परिवर्तनको बल जनता समाजवादी पार्टी (जसपप) सँग भएकाले नेपाली कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न नसक्ने टिप्पणी पनि गरेका छन्। उनले जुन दलसँग बल छ त्यही दल सरकारसँग सघन संवादमा रहेकाले सरकार परिवर्तन अन्योलमा परेको संकेत गरे।

‘प्रधानमन्त्रीको राजीनामा मान्ने र सरकार गठनका लागि पहल गर्ने’ नेपाली कांग्रेसको निर्णय पार्टीभित्रको दबाब मत्थर पार्न र सार्वजनिक खपतबाहेक केही नभएकोे उनको तर्क छ। उनले अहिले सरकार परिवर्तनका सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नै नभएको स्पष्ट पारेका छन्।

उनले लेखेका छन्, ‘फेरि त्यही प्रश्न आउँछ- माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, कांग्रेसले बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउन नसक्ने बेलासम्म सरकार परिवर्तनको गुञ्जायस कसरी रहन्छ ?’

प्रकाशित मिति: १४:४४ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्