झुन्डिएको अवस्थामा मृत फेला परे घाँस काट्न गएका दिदीबहिनी
सुर्खेत, चैत २१ : सुर्खेतमा दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जंगलमा घाँस काट्न गएका पञ्चपुरी नगरपालिका–६ बाबियाचौरका दुईजना दिदीबहिनी झुन्डिएको अवस्थामा...
सुर्खेत, चैत २१ : सुर्खेतमा दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जंगलमा घाँस काट्न गएका पञ्चपुरी नगरपालिका–६ बाबियाचौरका दुईजना दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
१४ र १५ वर्षीया किशोरी दिदीबहिनी झुन्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
शुक्रबार बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका उनीहरु सोही ठाउँमा ११ बजे झुन्डिएको अवस्थामा स्थानीयले देखेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्थे ।
शवलाई पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ ।
प्रकाशित मिति: १४:३३ बजे, शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)