Kathmandu Press

भौतिक संरचना निर्माणमा अथाह उपलब्धि : मन्त्री नेम्वाङ

काठमाडौं, चैत २१ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भौतिक संरचना निर्माणमा सरकारले अथाह उपलब्धि हासिल गरेको बताएका छन्।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा...
भौतिक संरचना निर्माणमा अथाह उपलब्धि : मन्त्री नेम्वाङ

काठमाडौं, चैत २१ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भौतिक संरचना निर्माणमा सरकारले अथाह उपलब्धि हासिल गरेको बताएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले केपी ओलीको नेतृत्वमा सरकार बनेपछि संघीय सरकारले ३ हजार ५ सय १२ किलोमिटर कालोपत्रे गरेको र ६ सय २८ पुल निर्माण गरेको जानकारी दिए।

मन्त्री नेम्वाङले प्रत्येक दुई दिनमा एक पुल र हरेक दिन साढे ६ किलोमिटर सडक निर्माण भइरहेको बताए। सरकारले ८० वटा राष्ट्रिय राजमार्ग निर्माण गरे पनि सरकारले सबै ठाँउलाई जोड्न नसकेकाले रणनीतिक बाटोको अवधारणा ल्याइएको उनको भनाय थियो।

उनले आद्यौगिक करिडोर तथा पूर्व–पश्चिम राजमार्ग चौडा बनाउने कार्य पनि तीव्र ढंगले अगाडि बढेको उल्लेख गरे।  

प्रकाशित मिति: १४:१५ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्