प्रदेश ३ का मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा
हेटौडा, जेठ २४ : प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएका छन्।
मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गरा....

हेटौडा, जेठ २४ : प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएका छन्।
मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उनले राजीनामा दिएका हुन्। प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएको उनले बताए।
पदमा रहँदा स्वतन्त्रपूर्वक काम गर्ने आफ्नो आदतअनुसार काम गर्न नपाएकाले र बाँधिएर काम गर्नुपर्ने बाध्यताका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ।
मुख्य न्यायाधिवक्ताको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्ने कानुनी व्यवस्था छ।
वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले मुख्य न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ति र मर्यादा जस्तो नभई एउटा सामान्य कर्मचारी जस्तो भएकै कारण आफूले राजीनामा दिएको बताए।











