Kathmandu Press

बस दुर्घटनामा मृत्यु भएका दुवै युवकको सनाखत

दाङ, चैत २१ : दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ।मृत्यु हुनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी...
बस दुर्घटनामा मृत्यु भएका दुवै युवकको सनाखत

दाङ, चैत २१ : दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ।

मृत्यु हुनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले बताए।

दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबस बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै शुक्रबार बेलुका दुर्घटना भएको थियो। दुर्घटनामा २९ जना यात्रु घाइते भएका थिए।

घाइते भएकामध्ये दुई गम्भीर घाइते भएको छन्। अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते दुवै जनालाई गए राति नै थप उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको छ।  अन्य ६ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ।

सामान्य घाइते भने उपचारपछि घर फर्किसकेका छन्। ब्ररेक फेल भएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: ०८:५१ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्