हावाहुरीले बर्दियामा पनि तीन घाइते, दर्जनौ घरमा क्षति
बर्दिया, जेठ २४ : हिजो राति आएको हावाहुरीले बर्दियामा पनि तीन जना घाइते भएका छन भने चार दर्जन घर क्षति भएका छन्।
जापुर नगरपालिका–२ का ....

बर्दिया, जेठ २४ : हिजो राति आएको हावाहुरीले बर्दियामा पनि तीन जना घाइते भएका छन भने चार दर्जन घर क्षति भएका छन्।
जापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ। बासगढी नगरपालिका २७ वर्षीया सुनिता विक र उनका पाँच वर्षीय छोरा नारायण विकको हातखुट्टामा चोट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए।
घाइते विक र थारूको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको छ।
हिजो राति करीब एक घण्टा चलेको हुरीले जिल्लाको जनजीवन प्रभावित भएको छ। हावाहुरीको समयमा घरका जस्तापाता लागेर र घरको भित्ता ढलेर घाइते भएका हुन्।
हावाहुरीले राजापुर, बारबर्दिया, मधुवन, बासगढी नगरपालिका र गेरुवा गाउँपालिकामा बढी क्षति पु¥याएको छ। क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।
अहिले जिल्लाभर विद्युत् आपूर्ति ठप्प छ। टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध छ।











