Kathmandu Press

दाङमा बस दुर्घटना, दुई जनाको मृत्यु, २४ घाइते

दाङ, चैत २० : दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन् भने ६ जनाकाे...
दाङमा बस दुर्घटना, दुई जनाको मृत्यु, २४ घाइते

दाङ, चैत २० : दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन् भने ६ जनाकाे अवस्था गम्भीर रहेकाे छ।

दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै केहीबेर अघि दुर्घटनामा परेको हो। दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए।

मृतकको सनाखत हुन सकेको छैन। दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएका छन्। उनीहरुमध्ये ६  गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए।

घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको छ।

प्रकाशित मिति: १९:४६ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्