Kathmandu Press

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

पोखरा, चैत २० : नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक जना आमालाई पक्राउ गरेको छ।

प्रहरीले बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनारलाई पक्राउ गरेको हो। उनले ४२ दिनको आफ्नै नवजात शिशुको हत्या गरेको प्रहरीको आरोप छ।

उनलाइ बिहीबार पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।

उनलाई कर्तव्य ज्यानसम्बन्धी कसूर अन्तर्गत आज जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: १९:०२ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्