Kathmandu Press

कोरोना खोप विस्तारलाई विश्व बैंकले ७.५ करोड डलर सहयोग गर्ने

काठमाडौं, चैत २० : कोरोनाविरुद्ध सुरक्षित र प्रभावकारी खोप पहुँच विस्तारका लागि भन्दै विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (८।७ अर्ब रुपैयाँ)...
कोरोना खोप विस्तारलाई विश्व बैंकले ७.५ करोड डलर सहयोग गर्ने

काठमाडौं, चैत २० : कोरोनाविरुद्ध सुरक्षित र प्रभावकारी खोप पहुँच विस्तारका लागि भन्दै विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (८।७ अर्ब रुपैयाँ) सहयोग गर्ने भएको छ।

शुक्रबार नेपाल सरकार र विश्व बैंकबीच सोसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरे।

हस्ताक्षर कार्यक्रममा बोल्दै सचिव ढुंगानाले  यस अतिरिक्त वित्तीय सहयोगले कम्तीमा ७२ प्रतिशत नेपालीलाई खोप दिने नेपाल सरकारको बृहत् योजनालाई सघाउ पुग्ने विश्वास व्यक्त गरे। 

गत वर्ष चैतमा विश्व बैंकले २.९ करोड अमेरिकी डलर (३.३ अर्ब नेपाली रूपैयाँ) बराबरको कोभिड-१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी आयोजनामै वित्त सहयोग गरेको थियो।

यस सहयोगको ९० प्रतिशत हिस्साले कोरोनाविरूद्ध सुरक्षित र प्रभावकारी खोप खरिद, आपूर्ति र वितरणलाई सघाउनेछ भने बाँकी रकमले संक्रमण परिक्षण, पहिचान र उपचारका लागि टेवा दिनेछ।

प्रकाशित मिति: १७:४५ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्