Kathmandu Press

आगामी अगस्टभित्र बिम्स्टेक शिखर सम्मेलन गर्न श्रीलंकाको प्रस्ताव

काठमाडौं, चैत २० : श्रीलंकाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को पाँचौं शिखर सम्मेलन आगामी अगष्टभित्र गर्न प्रस्ताव...
आगामी अगस्टभित्र बिम्स्टेक शिखर सम्मेलन गर्न श्रीलंकाको प्रस्ताव

काठमाडौं, चैत २० : श्रीलंकाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को पाँचौं शिखर सम्मेलन आगामी अगष्टभित्र गर्न प्रस्ताव गरेको छ।  

बिहीबार आयोजित परराष्ट्रमन्त्रीहरुको बैठकमा शिखर सम्मेलनको आयोजक मुलुकसमेत रहेको श्रीलंकाले आफूले प्रस्तावमा सबै मुलुक सहमत भए निश्चित मिति आपसी परामर्शका आधारमा तय गरिने बताएको स्रोतको भनाइ छ।

शिखर सम्मेलन भौतिक रुपमै एकै ठाउँ भेला भएर या भर्चुअल माध्यमबाट गर्ने भन्ने विषयमा कोरोना महामारीको स्थिति हेरेर निष्कर्ष निकाल्ने टुंगो लागेको समाचार स्रोतले बताएको छ ।

पाँचौं शिखर सम्मेलनले बिम्स्टेकको बडापत्रलाई अनुमोदन गर्ने सहमति परराष्ट्रमन्त्रीहरुबीच भएको जनाइएको छ। स्थापनाको २४ वर्षपछि बिम्स्टेकले बडापत्र तयार पारेको हो।

प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्