खानेपानीमन्त्री थापाले सम्झिए सन्त नेता भट्टराई
काठमाडौं, चैत २० : खानेपानीमन्त्री मणिचन्द्र थापाले मेलम्चीको पानी काठमाडौं ल्याउने परिकल्पना गरेको भन्दै नेपाली कांग्रेसका सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईलाई सम्झेका छन्। मेलम्ची...
काठमाडौं, चैत २० : खानेपानीमन्त्री मणिचन्द्र थापाले मेलम्चीको पानी काठमाडौं ल्याउने परिकल्पना गरेको भन्दै नेपाली कांग्रेसका सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईलाई सम्झेका छन्।
मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन कार्यक्रममा शुक्रबार भिडियो सन्देशमार्फत मन्त्री थापाले नेता भट्टराईलाई सम्झेका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी कार्यक्रमस्थलमा उपस्थित हुन सकेनन् । त्यसकारण उनले भिडियो सन्देशमार्फत कार्यक्रमलाई सम्बोधन गरेका थिए।
उनले मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको आयोजनामध्येकै मुख्य रहेको बताए। उनले मेलम्चीको पानी रिङरोडभित्र वितरण गरिसकेपछि क्रमिक रूपले बाहिर पनि वितरण गर्दै लाने र पानीको थप स्रोत पनि पहिल्याउने बताए।
प्रकाशित मिति: १७:११ बजे, शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)