नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा तीन पत्रकारलाई सम्मान

भक्तपुर, चैत २० : नेवाः पत्रकार राष्ट्रिय दबूले तीनजना पत्रकारलाई सम्मान गरेको छ।
आफ्नो आठौं वार्षिक साधारणसभाका अवसरमा शुक्रबार दबूले वरिष्ठ पत्रकार राजेन्द्र स्थापितलाई ‘ज्ञानज्योति लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार’, पत्रकार कृष्ण किसीलाई ‘ज्ञानदेवी मणिरत्न स्मृति पत्रकारिता पुरस्कार’ र सक्रिय महिला फोटो पत्रकार रेखा शाक्यलाई ‘बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार’ ले सम्मानित गरेको हो।
पुरस्कृत पत्रकारहरूलाई वाग्मती प्रदेशसभा सदस्य राजेश शाक्य र मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा नगद, सिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रममा बौद्ध धर्मसम्बन्धी सामग्री प्रचारप्रसारमा योगदान दिएको भन्दै बोधि टेलिभिजनलाई ‘भिक्षुकुमार कास्यप स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। यस्तै सगरमाथा आरोही कल्पना महर्जनलाई पनि विशेष पुरस्कारले सम्मान गरिएको थियो।











-1784031842.jpg)