थप १ सय ७९ जनामा कोरोना संक्रमण
काठमाडौं, चैत २० : पछिल्लो २४ घन्टामा १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार देशभरका...
काठमाडौं, चैत २० : पछिल्लो २४ घन्टामा १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ५ सय ६५ पीसीआर परीक्षण गरिएकाेमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा १ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। कोरोनाका कारण मृत्यु हुनेकाे संख्या २ हजार ३१ रहेको छ। गत २४ घन्टामा थपिएकासहित नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ।
अहिले सक्रिय संक्रमितको संख्या भने १ हजार ६ सय ४७ जना रहेको छ, जसमा ६१ जना क्वारेन्टिनमा छन्।
मन्त्रालयका अनुसार संक्रमण भएर अहिलेसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ पुगेको छ। हालसम्म १२ लाख ७९ हजार १ सय ५ पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिए।
प्रकाशित मिति: १६:३९ बजे, शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)