हिमालयन ट्राभल मार्ट काठमाडौंमा सुरु, ४३ देशका ७ सय प्रतिनिधि सहभागि
काठमाडौं, जेठ २३ : नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघट रहने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण बिहीबादेखि काठमाडौंमा सुरु भएक....
काठमाडौं, जेठ २३ : नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघट रहने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण बिहीबादेखि काठमाडौंमा सुरु भएको छ।
पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने मार्टमा अन्तरदेशीय पर्यटन प्रवद्धन तथा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । काठमाडौंको सोल्टी होटलमा सुरु भएको मार्टमा विश्वका ७ सय भन्दा वढी पर्यटन क्षेत्रमा क्रियाशिलहरु सहभागि छन्।
नेपाललाई हिमालयन प्रवेशद्वरका रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सुरु भएको मार्टको बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै नेपाललाई बिश्वकै उत्कृष्ट गन्तव्य बनाउने घोषणा गरेका छन्।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली अभियानको सपना पर्यटनबाट पूरा गर्ने समेत बताए । नेपाल हिमालयको देशको हो, बुद्धको देश को, प्रकृतिको उपहार भएको देशको पर्यटनको अथाह सम्भावना छ प्रधानमन्त्री ओलीले भने।
नेपाल अहिले स्थिरता तर्फ अगाडि बढेको बताउँदै नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम उदारीकरण भएको दावी समेत गरेका छन् । नेपालको शान्ति प्रक्रिया हेर्न र बुझ्न समेत पर्यटन आउने दावी प्रधानमन्त्रीले ओलीले गरे। नेपालले पर्यटन क्षेत्रमा छिट्टै फड्को मार्ने दावी गर्दै सहयोग गर्न विश्व समुदायलाई प्रधानमन्त्रीले आग्रह समेत गरे।
जेठ २६ गतेसम्म चल्ने मार्टमा ४३ देशका करीब ७ सयले सहभागिता जनाउएको मार्ट आयोजक प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले जनाएको छ।
सन् २०१७ देखि वार्षिक कार्यक्रमका रुपमा आयोजना हुँदै आएको मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने सशक्त ब्राण्डका रुपमा विकसित हुँदै गएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा इन्टरनेशनलको सहयोगमा पाटा नेपाल च्याप्टरले मार्ट आयोजना गरिएको हो । मार्टअन्तर्गत यस पटक व्यवसायीसँग व्यवसायी (बीटुबी) मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनी र छ मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भूटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाले सहभागिता जनाएका छन्।
नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्ने उपयुक्त थलोका रुपमा ट्राभल मार्ट स्थापित भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । नेपालले भिजिट २०२० मनाउन गईरहेकोले पनि प्रवर्द्धनमा विश्वभरका पर्यटन क्षत्रसंग सम्वन्धित संस्था र व्याक्तिलाई सहयोग गर्न आग्रह गरे।
मार्टमा प्रमुख वक्ताका रुपमा विश्वविख्यात हिमाल आरोही डक स्कटले नेपालको हिमालनै प्रमुख भएकोले संरक्षण र प्रवर्द्धनमा नेपालले जोड दिनुपर्ने बताए।






