अस्ट्रेलिया पठाइदिने बहानामा नौ लाख ठगी गर्ने एक जना पक्राउ
काठमाडौं, चैत २० : प्रहरीले अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौं तारकेश्वर नगरपालिका–८ का २३ वर्षीय अमित भुजेललाई...
काठमाडौं, चैत २० : प्रहरीले अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं तारकेश्वर नगरपालिका–८ का २३ वर्षीय अमित भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
भुजेलले एक सय ५ दिनमै सबै प्रक्रिया पूरा गरि सर्ट–टर्म भिसामा दुई दुई वर्षको लागि काममा लगाइदिने बताएका थिए।
भुजेलले भिसा लगाइदिएबापत प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्ने बताउँदै २ जनाबाट ९ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै पीडितले जाहेरी दिएकाे प्रहरीले बताएकाे छ ।
प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)