Kathmandu Press

म्यानपावर व्यवसायीले अब एजेन्ट राख्न नपाउने (सरकारी सूचना सहित)

काठमाडौं, जेठ २३ : म्यानपावर व्यवसायीहरूले अबदेखि एजेन्ट राख्न नपाउने भएका छन्। वैदेशिक रोजगार ऐन २०६४को दफा ७४को उपदफा २ संशाेधन गर्दै वैदेशिक र....

म्यानपावर व्यवसायीले अब एजेन्ट राख्न नपाउने (सरकारी सूचना सहित)

काठमाडौं, जेठ २३ : म्यानपावर व्यवसायीहरूले अबदेखि एजेन्ट राख्न नपाउने भएका छन्। वैदेशिक रोजगार ऐन २०६४को दफा ७४को उपदफा २ संशाेधन गर्दै वैदेशिक रोजगार व्यावसायीले प्रतिनिधि अथवा एजेन्ट राख्न पाउने व्यवस्था खारेज गरिएको हो। वैदेशिक रोजगार विभागले यससम्बन्धी सूचना आज जारी गरेको हो।

यसअघि विभागको अनुमति लिई वैदेशिक रोजगार व्यवसायीले नेपालभित्र कुनै पनि स्थानमा आफ्नो स‌ंस्थाको प्रतिनिधि अथवा एजेन्ट नियुक्त गरी वैदेशिक रोजगारीको कामकाज गर्न पाउँथे। तर, अब एजेन्ट राखेको पाइए वैदेशिक रोजगार ऐन २०६४ (संसोधित सहित)को कानुन अनुसार त्यस्ता व्यक्ति वा संस्थालाइ कडा कारवाही गर्ने विभागले जनाएको छ। 


 

प्रकाशित मिति: २१:१३ बजे, बिहीबार, जेठ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्