Kathmandu Press

कस्तो छ बाइडेनको क्याबिनेट ? 

काठमाडौं, चैत २० : जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएको ६० दिनपछि बिहीबार क्याबिनेटको पहिलो बैठक बसेको छ। गत साता मात्र क्याबिनेटले पूर्णता पाएको...
कस्तो छ बाइडेनको क्याबिनेट ? 

काठमाडौं, चैत २० : जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएको ६० दिनपछि बिहीबार क्याबिनेटको पहिलो बैठक बसेको छ। गत साता मात्र क्याबिनेटले पूर्णता पाएको थियो। 

राष्ट्रपति बाइडेनको पहिलो पूर्ण क्याबिनेट बैठक सधै बस्ने ह्वाइट हाउसको पश्चिम कोठामा नभई पूर्वी कोठामा बसेको थियो। कोरोना महामारीका कारण सामाजिक दूरी कायम गर्दै बैठक बस्न ह्वाइट हाउसको पश्चिम कोठा साँघुरो भएकाले पूर्वी कोठामा बसेको हो।

बैठकमा विशाल गोलाकार बस्ने स्थान बनाउन ससाना टेबुल प्रयोग गरिएको थियो। बैठकमा उपस्थित सबै मन्त्री र अन्य सहभागीले मास्क प्रयोग गरेका थिए। 

बाइडेनले बैठकको आरम्भमै आफ्नो क्याबिनेटको विविधताबारे औंल्याए। त्यसमा लोयड अस्टिन पहिलो काला रक्षामन्त्री, यातायात विभागमा पिट बुटिजेज पहिलो समलिंगी सदस्य, आन्तरिक विभागमा डेब हलान्ड पहिलो मूल अमेरिकी सचिव र जेनेट यालेन पहिलो महिला अर्थमन्त्री रहेकी छन्। 

यी हुन् बाइडेन क्याबिनेट सदस्य

राष्ट्रपति बाइडेनको क्याबिनेटमा १५ सदस्यीय मन्त्रिमण्डल रहेको छ। क्याबिनेटमा रक्षा मन्त्रालयको जिम्मेवारी लोयड अस्टिनले सम्हालेका छन्। कृषि मन्त्रालयको जिम्मेवारी टम भिल्स्याकले पाएका छन्।

त्यस्तै क्याबिनेटको अन्य सदस्यमा सवास्थ्य तथा मानवसेवामन्त्री जेभियर बासेरा, श्रममन्त्री मार्टी वाल्स, वाणिज्यमन्त्री जिना राइमन्डो, होमल्यान्ड सेक्युरिटीमन्त्री आलेहान्द्रो मायोर्कास छन्। बाइडेन क्याबिनेटमा राज्य मन्त्रीको जिम्मेवारी एन्थोनी ब्लिङ्केनले पाएका छन्।

त्यस्तै क्याबिनेटको अन्य सदस्यमा आवास तथा सहरी विकासमन्त्री मार्सिया फज, अर्थमन्त्री जेनेट यालेन, शिक्षामन्त्री मिगेल कार्डोना, आन्तरिक मामिलामन्त्री डेब हालन्ड, यातायातमन्त्री पीट बुटिजेज, ऊर्जामन्त्री जेनिफर ग्रानहोलम छन्।

न्याय मन्त्रीमा मेरिक गारलेन्ड, भेटेरन अफिर्यस मन्त्री डेनिस म्याकडोनोफ छन्। 
 

प्रकाशित मिति: १४:०६ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्