तामाङ घेदुङको नवौं महाधिवेशन स्थगित
काठमाडौं, चैत २० : नेपाल तामाङ घेदुङको यही चैत २७, २८ र २९ गतेका लागि तय भएको नवौं महाधिवेशन स्थगित भएको छ।घेदुङका महासचिव...
काठमाडौं, चैत २० : नेपाल तामाङ घेदुङको यही चैत २७, २८ र २९ गतेका लागि तय भएको नवौं महाधिवेशन स्थगित भएको छ।
घेदुङका महासचिव मोहितकुमार तामाङले एक विज्ञिप्त जारी गर्दै महाधिवेशन स्थगित भएको जानकारी गराएका हुन्। विज्ञप्तिमा अर्को सूचना नभएसम्मका लागि महाधिवेशन स्थगित भएको उल्लेख छ।
कोरोना महामारीको जोखिम बढेको भन्दै भिडभाड नगर्न सरकारले गरेको आग्रहलाई मध्यनजर गरे महाधिवेशन स्थगित गरिएको घेदुङले बताएको छ।
प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिएपछि महाधिवेशन रोक्नु परेको विज्ञप्तिमा बताइउको छ। महाधिवेशन काठमाडौंमा गर्ने तय भएको थियो।
घेदुङले यसअघि पनि चैतमै महाधिवेशन गर्ने तयारी गरेको थियो तर कोरोना महामारीका कारण लकडाउन भएपछि स्थगित हुने पुगेको थियो।
प्रकाशित मिति: १३:४७ बजे, शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)