प्रधानमन्त्री कार्यालयमा सर्दै गृह मन्त्रालय
काठमाडौं, चैत २० : वैशाख १ गतेदेखि गृह मन्त्रालय प्रधानमन्त्री कार्यालय रहेको भवनमा सर्ने भएको छ।२०७२ वैशाख १२ भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री...
काठमाडौं, चैत २० : वैशाख १ गतेदेखि गृह मन्त्रालय प्रधानमन्त्री कार्यालय रहेको भवनमा सर्ने भएको छ।
२०७२ वैशाख १२ भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तत्कालीन संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो।
डेढ महिनाअघि सो भवनबाट प्रधानमन्त्री कार्यालय पुरानै स्थानमा सरेको थियो। अहिले प्रधानमन्त्री कार्यालय रहेको भवनमा भने गृहमन्त्रालय सर्न लागेको हो।
हाल गृह मन्त्रालय रहेको केही भवनहरू पुनर्निर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ भवन बनाउने सरकारको तयारी छ।
प्रकाशित मिति: १३:३७ बजे, शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)