अनियन्त्रित भई कार दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडौं, चैत २० : पेप्सिकोलामा आज (शुक्रबार) बिहान साढे ६ बजे बा१०च २८६४ नम्बरको कार दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएको छ।कार तीव्र गतिमा...
काठमाडौं, चैत २० : पेप्सिकोलामा आज (शुक्रबार) बिहान साढे ६ बजे बा१०च २८६४ नम्बरको कार दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएको छ।
कार तीव्र गतिमा भएका कारण अनियन्त्रित भई सडककाे रेलिङमा ठोक्किएर साे दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा परी काठमाडौं तीनकुने निवासी २१ वर्षीय दितम गोभाजुको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।
गम्भीर घाइते गोभाजुलाई उपचारका लागि ट्रमा सेन्टर पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
मूलपानीबाट जडिबुटीतिर आउँदै गरेको उक्त कारमा सातजना सवार थिए । एकजनाको हातमा थोरै चोट लागे पनि अन्य पाँचजनाको अवस्था भने सामान्य छ।
प्रहरीले कार चालक २० वर्षीय वीरेन्द्रराज श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: १३:३० बजे, शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)