आजदेखि उपत्यकाको फोहोर उठ्ने
काठमाडौं, चैत २० : शुक्रबारदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको छ ।महानगरपालिका वातावरण विभागका अनुसार काठमाडौं महानगरपालिका र आन्दोलनरत पक्षबीच शुक्रबार विहान मागहरुको सुनवाई...
काठमाडौं, चैत २० : शुक्रबारदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको छ ।
महानगरपालिका वातावरण विभागका अनुसार काठमाडौं महानगरपालिका र आन्दोलनरत पक्षबीच शुक्रबार विहान मागहरुको सुनवाई गर्ने र फोहोर उठाउन दिने सहमति भएपछि एक हप्तादेखि नउठेको फोहोर उठ्ने भएको हो ।
सिसडोल ल्यान्डफिल्ड क्षेत्रका वासिन्दाले विभिन्न माग राख्दै चैत १३ गतेदेखि फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए।
आजै सहमतिको मस्यौदा तयार गरेर हस्ताक्षर गर्ने र फोहोर बोकेका गाडीलाई मध्यान्हबाटै सिसडोलमा जान दिने गरी सहमति भएको विभागले जनाएको छ ।
प्रकाशित मिति: १२:३३ बजे, शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)