आजदेखि खुल्याे रुरु जलविद्युतको आईपीओ, प्रतिकित्ता मूल्य १२० रुपैयाँ
काठमाडौं, चैत २० : रुरु जलविद्युत परियोजना लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ।कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर...
काठमाडौं, चैत २० : रुरु जलविद्युत परियोजना लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर निष्कासन गरेको हो।
आज (शुक्रबार) देखि खुलेको आईपीओ खरिदका लागि आगामी मंगलबार अर्थात् चैत २४ सम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
यस अवधिसम्म पूर्ण आवेदन नपरे वैशाख ३ सम्मकाे म्याद थप गरिने जनाइएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत (८ हजार १ सय ५४ कित्ता) कर्मचारी र ५ प्रतिशत (२० हजार ३८५ कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी सेयर सर्वसाधारण लगानीकर्ताका लागि ३ लाख ७९ हजार १ सय ६७ कित्ता छुट्याइएको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।











