Kathmandu Press

३५५ दिनपछि रोनाल्डोको फ्रिकिक गोल

काठमाडौं, जेठ २३ : पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डोले फ्रिकिक गोलको खडेरी तोडेका छन्। फ्रिकिकमार्फत गोल गर्न रोनाल्डोलाई ३५५ दिन कुर्नु पर्&zw....

३५५ दिनपछि रोनाल्डोको फ्रिकिक गोल

काठमाडौं, जेठ २३ : पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डोले फ्रिकिक गोलको खडेरी तोडेका छन्। फ्रिकिकमार्फत गोल गर्न रोनाल्डोलाई ३५५ दिन कुर्नु पर्‍यो। 

गएराति भएको नेसन्स लिग फुटबलको सेमिफाइनलमा स्वीट्जरल्याण्डविरुद्ध खेलको २५ औं मिनेटमा फ्रिकिक गोल गरेका थिए। स्वीट्जरल्याण्डविरुद्ध रोनाल्डोले ह्याट्रिक पूरा गर्दै पोर्चुगललाई नेसन्स लिगको फाइनलमा पनि पुर्‍याए।

सन् २०१८ मा रुसमा भएको विश्वकप फुटबलमा स्पेनविरुद्धको फ्रिकिक गोल गरेका थिए। जुन खेलमा पोर्चुगल र स्पेन ३-३ गोलको बराबरीमा रोकिएका थिए। तर, त्यसयता रोनाल्डोले धेरै फ्रिकिक प्रहार गरेपनि गोल गर्न असफल भएका थिए।

रोनाल्डोले २५ औँ मिनेटमा स्वीट्जरल्याण्डविरुद्ध फ्रिकिक गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८८ औँ र ९० औँ मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गर्दा पोर्चुगल नेसन्स कपको फाइनलमा पुग्न सफल भयो।

पोर्चुगलले नेसन्स लिग फुटबलको उपाधिका लागि इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीचको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: १९:५० बजे, बिहीबार, जेठ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्