Kathmandu Press

सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल

काठमाडौं, चैत १९ : आन्तरिक राजस्व विभागले मुलुकभरबाट छनोट गरी सबैभन्दा बढी कर तिरेर उत्कृष्ट घोषित १५ करदातालाई सम्मान गरेको छ।आर्थिक वर्ष २०७५/७६...
सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल

काठमाडौं, चैत १९ : आन्तरिक राजस्व विभागले मुलुकभरबाट छनोट गरी सबैभन्दा बढी कर तिरेर उत्कृष्ट घोषित १५ करदातालाई सम्मान गरेको छ।

आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्राली रहेको छ। सूर्य नेपाल विगतमा पनि पटकपटक उत्कृष्ट करदाता घोषित भएको थियो।

निर्यातकर्तामध्ये डाबर नेपाल प्रालीले सबैभन्दा बढी आयकर तिरेको छ। सबैभन्दा बढी आयकर तिर्ने विशेष उद्योगतर्फ हिमाल पावर लिमिटेड रहेको विभागले जनाएको छ। सबै उत्कृष्ट करदातालाई आज काठमाडौँमा विशेष समारोहका बीच सम्मान गरिएको थियो।

कृषि तथा पशुपक्षी उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्नेमा अन्नपूर्ण एग्रो इण्डष्ट्रिज प्राली रहेको छ भने सहकारी तथा लघु वित्तमध्येबाट छिमेकी लघुवित्त वित्तीय लिमिटेडले सबैभन्दा बढी कर तिरेको छ। बैंक वित्तीय संस्थातर्फ नवील बैंक लिमिटेड, बीमा व्यवसायमध्येबाट नेपाल पुर्नबीमा कम्पनी लिमिटेड, शिक्षा सेवामध्येबाट मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्राली, विप्रेषण कारोवारतर्फ आइएमइ लिमिटेड उत्कृष्ट करदाता बन्दै सम्मान प्राप्त गर्न सफल भएका छन्।

व्यापार व्यवसायमध्येबाट अग्नि इन्कर्पोरेट प्रालि, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सबैभन्दा बढी कर तिरेको छ। मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदातामध्येबाट कामना सेवा विकास बैंकले सबैभन्दा बढी कर तिरेको छ।

आन्तरिक राजस्व कार्यालयको कार्य क्षेत्रभित्रबाट सबैभन्दा बढी कर तिर्नेमा भिएस सर्भिस (मोरिसस) प्राली उत्कृष्ट करदाता घोषित भएको छ भने व्यवसायी विजयकुमार शाहले व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नु भएको विभागले जनाएको छ।

उत्कृष्ट कर सहभागितामध्येबाट मूल्य अभिवृद्धि करतर्फ विसं २०६५ देखि २०७७ सम्म  समयमै कर विवरण बुझाएका र आव २०७६/७७ मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्नेमा घोराही सिमेन्ट इण्डष्ट्रिज प्राली रहेको छ। सबै उत्कृष्ट करदातालाई अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन्।

प्रकाशित मिति: २०:५८ बजे, बिहीबार, चैत १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्