Kathmandu Press

दलित अधिकार सम्बन्धी तीन दिने अभिमूखिकरण तालिम सम्पन्न

काठमाडाैं, चैत १९ : वडास्तरीय दलित अधिकार सम्बन्धीतीन दिने अभिमूखिकरण तालिम सम्पन्न भएको छ । टोखा नगरपालिको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा दलित...
दलित अधिकार सम्बन्धी तीन दिने अभिमूखिकरण तालिम सम्पन्न

काठमाडाैं, चैत १९ : वडास्तरीय दलित अधिकार सम्बन्धीतीन दिने अभिमूखिकरण तालिम सम्पन्न भएको छ । टोखा नगरपालिको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा दलित अधिकारसम्बन्धी संविधान, कानुन, हिंसा र अधिकारका विषयमा तालिम दिइएको हो । उक्त अभिमुखीकरण तालिममा महिला र पूरुषगरी  ५० जनाको उपस्थिती रहेको थियो ।

दलित अधिकार सम्बन्धीअभिमूखिकरण तालिमले धेरै नयाँ कुरा जानकारी पाएको सहभागी अम्बिका परियारले बताइन् । ‘हिंसा भनेकै के हो? खासमा विभेद भनेको नै के हो भन्ने हामीलाई जानकारी रहेनछ, यो तालिमले केही प्रस्ट पारिदिएको छ’ उनले भनिन् ।

दलित समुदायको संवैधानिक, कानुनी अधिकार, महिला उत्पीडन र जातीय विभेदको विषयमा तालिम सञ्चालन गरिएको कार्यक्रम दलित लक्षित कार्यक्रम संयोजक फुलमाया विश्वकर्माले बताइन् । टोखा नगरपालिका वडा नम्बर ११ की दलित महिला वडा सदस्य भैसकेपछिको अथक प्रयास पछि दलितमैत्री कार्यक्रम गर्न सफल भएको उनले बताइन् । दलित सुमदायलाई यसप्रकारका अभिमूखिकरण तालिमको बिशेष खाँचो रहेको उनले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य मीनबहादुर बिश्वकर्मा, वडा ११ का अध्यक्ष उत्तम अधिकारी लगायतको उपस्थिती थियो । दलित अधिकार सम्बन्धीतीन दिने अभिमूखिकरण तालिमको समापन कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य मीनबहादुर बिश्वकर्माले दलित शब्दप्रति बितृष्णा हुन नपर्ने बताएका छन् ।

शब्दप्रतिको हिनताबोध र अपहेलित महसुस गर्न नहुने उनले बताए । आत्मसम्मानका निम्त पाछाडी पारिएको सहुदायले बिशेष लगानी गर्नुपर्ने उनको जोड थियो ।  दलित भन्ने शब्दमा नअल्झिएर दलित शब्दको व्याख्या नै परिवर्तन गर्न सकिने उनी बताउँछन् । भन्छन्, ‘अब दलित भन्नासाथ शिक्षित, सिपालु, भलादमी, परिश्रमी भएर देखाउँ, आफैबाट आजैबाट सुरु गरौ ।’

समाजबाट विभेदमा परेका दलित समुदाय त्यसमा पनि महिलाको अवस्था गम्भीर रहेको उनले बताए । प्रत्यक स्थानिय तहमा दलित महिलालाई अनिवार्य गर्नु पर्ने लागु गरेपछि दलित महिलाको अवस्थामा सुधार आएको उनी बताउँछन् । दलित महिलाको अभिमूखिकरणका निम्त आफुले गर्नसक्ने सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै टोखा नगरपालिका वडा नम्बर ११का अध्यक्ष उत्तम अधिकारीका अनुसार प्रत्यक वडामा दलित समुदाय लक्षित अभिमूखि कार्यक्रमको आवश्य रहेको बताए ।  भन्छन्, ‘ दलित समुदायको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्थालाई लक्षित आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गरिने छ ।’

यस्ता तालिमले दलित समुदायलाई जानकारी मूलक र स्वरोजगारी बनाउँन सहयोग पुर्याउने उनको तर्क छ । दलित समुदाय बिशेष महिलाहरु आत्मनिर्भर र सक्षम बन्नुपर्ने उनी बताउँछन् ।दलित अधिकार सम्बन्धीतीन दिने अभिमूखिकरण तालिममाधनकुमारी सुनार,तिलक विश्वकर्मा, स्याम वि.क ले प्रशिक्षण दिएका थिए ।

 

प्रकाशित मिति: २०:५२ बजे, बिहीबार, चैत १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्