काठमाडौंमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं, चैत १९ : काठमाडौंको कीर्तिपुरमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
कीर्तिपुर नगरपालिका ६ टौदह सिकालीस्थित बाग्मती नदी किनारमा फार्मका लागि खनेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको हो।
वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनका अनुसार खाल्डोमा डुबेर ओखलढुङ्गा घर भइ टौदह खोला नजिक बङ्गुर पालन गर्दै आएका भीम सुनवारका छोरा प्रशान्त र कृष्ण सुनुवारका छोरा कृषको मृत्यु भएको हो।
चार बालक खेल्न गएका थिए। उनीहरुमध्ये दुई जनाको डुबेर मृत्यु भएको वडाध्यक्ष महर्जनले बताए। अन्य दुई जना सकुसल रहेका छन्।
प्रकाशित मिति: २०:०४ बजे, बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










