Kathmandu Press

सिसडोलवासी र महानगरबीचको वार्ता असफल, फाेहाेर विसर्जनमा अवराेध कायमै

काठमाडौं, चैत १९ : काठमाडौं उपत्यकाको फोहोरमैला विसर्जनमा नुवाकोटको ओखरपौवास्थित सिसडोल क्षेत्रका स्थानीयले गर्दै आएको अवरोध नहट्ने भएको छ। बिहीबार सिसडोलवासी र काठमाडौं...
सिसडोलवासी र महानगरबीचको वार्ता असफल, फाेहाेर विसर्जनमा अवराेध कायमै

काठमाडौं, चैत १९ : काठमाडौं उपत्यकाको फोहोरमैला विसर्जनमा नुवाकोटको ओखरपौवास्थित सिसडोल क्षेत्रका स्थानीयले गर्दै आएको अवरोध नहट्ने भएको छ। बिहीबार सिसडोलवासी र काठमाडौं महानगरबीचको वार्ता असफल भएपछि अवरोध यथावत रहने भएको हो।

सिसडोल ल्यान्डफिल्ड क्षेत्रका वासिन्दाले केही दिनदेखि फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन। उनीहरुसँग महानगरले बुधबार र बिहीबार वार्ता गरेको हो। तर, दुवै दिन गरिएको वार्ता असफल भएको छ।

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य बीचमै उठेर हिँडेपछि वार्ता असफल भएको सिसडोल क्षेत्र फोहोरमैला व्यवस्थापन तथा सरोकार समितिका अध्यक्ष नवराज ढुंगानाले बताए। मेयर शाक्यकै कारण आफूहरूका कुनै पनि माग पूरा हुने स्थितिमा नरहेको र आफूहरू वार्तामा बस्दा अपमानित भएको महसुस भएको उनको भनाइ छ।

सिसडोलवासीले यसअघिका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्। उनीहरूले सिसडोल ल्यान्डफिल्डसाइट प्रभावित क्षेत्रका विद्यालयलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने सम्झौता पूरा गर्नुपर्नेमा जोड दिएका छन्।

 

प्रकाशित मिति: १९:४५ बजे, बिहीबार, चैत १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्