प्रधानमन्त्रीका सल्लाहकारले डिलिट गरेको यस्तो थियो असंवेदनशील ट्वीट
काठमाडौं, चैत १९ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एक घन्टामै ट्वीट डिलिट गर्नु परेको छ।ओलीका सल्लाहकार थापाले नेकपा (माओवादी...
काठमाडौं, चैत १९ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एक घन्टामै ट्वीट डिलिट गर्नु परेको छ।
ओलीका सल्लाहकार थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवेदन पुनरावलोकन नगर्ने आदेशपछि असंवेदनशील ट्वीट गरेका थिए। जसमा प्रचण्डका छोरा प्रकशको निधनको शोकमा आर्यघाटमा रुदै गरेको फोटो राखिएको थियो।
असंवेदनशील ट्वीट गरेपछि ट्वीटरमा ब्यापक आलोचना भयो। त्यसपछि उनले एक घन्टा नबित्दै त्यो ट्वीट डिलिट गरेका छन्। उनले ट्वीट डिलिट गरे पनि त्यसको स्क्रिन सट भने सामाजिक सञ्जालमा भाइरल भएको छ।
प्रधानमन्त्रीको सल्लाहकार जस्तो मान्छेले असंवेदनशील ट्वीट गरेको भन्दै चर्को आलोचना भइरहेको छ।
यस्तो थियो उनको ट्वीटः
प्रकाशित मिति: १९:११ बजे, बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)