लकडाउन अवधिको शुल्क मिनाहा गर्न अनेरास्ववियु (क्रान्तिकारी) काे माग
काठमाडौं, चैत १९ : माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सँग कोभिड-१९ र लकडाउन अवधिको सम्पूर्ण शुल्क मिनाहा गर्न माग...
काठमाडौं, चैत १९ : माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सँग कोभिड-१९ र लकडाउन अवधिको सम्पूर्ण शुल्क मिनाहा गर्न माग गरेको छ।
बिहीबार त्रिविलाई बुझाइएको १८ बुँदे ज्ञापनपत्रमा त्रिविअन्तर्गत सबै क्याम्पसमा अध्ययनरत बेरोजगार विद्यार्थीलाई कम्तीमा २० घन्टा रोजगारीको ग्यारेन्टी गर्न पनि माग गरिएको छ।
त्यसैगरी सेमेस्टर प्रणालीलाई प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जन, शुल्कमा एकरुपता, वैज्ञानिक परीक्षा प्रणाली, समयमा नतिजा प्रकाशन सुनिश्चित हुनेगरी शैक्षिक क्यालेन्डर व्यवस्था गर्न पनि माग गरिएको छ।
अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको ठोस र मूर्त कार्यतालिका सार्वजनिक गर्न, राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्ने प्रणाली खारेज गर्न, त्रिवि
आंगिक क्याम्पसमा निजी ढंगले सञ्चालित सम्पूर्ण शैक्षिक कार्यक्रमको दायित्व लिनलगायत माग गरिएको छ।
हेर्नुहोस् ज्ञापनपत्र













-1784031842.jpg)