स्वैच्छिक अवकाश लिने शिक्षकलाई ललितपुर महानगरको विशेष सुविधा
ललितपुर, चैत १९ : ललितपुर महानगरपालिकाले स्वैच्छिक अवकाश लिन चाहने शिक्षकलाई विशेष सुविधा दिने भएको छ।महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत ५० वर्ष उमेर...
ललितपुर, चैत १९ : ललितपुर महानगरपालिकाले स्वैच्छिक अवकाश लिन चाहने शिक्षकलाई विशेष सुविधा दिने भएको छ।
महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत ५० वर्ष उमेर पुगेका शिक्षकहरूले सो स्वैच्छिक अवकाशको सुविधा लिन सक्ने बताइएको छ।
सरकारी नियमअनुसार सामुदायिक विद्यालयका शिक्षकको अनिवार्य अवकाश उमेर हद ६० वर्ष हो। बीचैमा अवकाश लिन चाहने शिक्षकले सरकारी नियमअनुसार अनिवार्य अवकाशका लागि बाँकी अवधिका आधारमा सुविधा उपलब्ध गराउने महानगरले जनाएको छ।
महानगरपालिकाका अनुसार आगामी वर्ष अर्थात् २०७८ साउनपछि एक वर्ष सेवा अवधि बाँकी रहेकाले अवकाश लिए १ लाख रुपैयाँ प्रदान गरिनेछ।
त्यस्तै दुई वर्ष, तीन वर्ष र चार वर्ष सेवा अवधि बाँकी हुनेले क्रमशः १ लाख ५० हजार, २ लाख र २ लाख ५० हजार रुपैयाँ सुविधास्वरुप पाइने महानगरद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।
५ देखि १० वर्ष सेवा बाँकी भएकालाई भने ३ लाख रुपैयाँ एकमुष्ट प्रदान गरिनेछ।
हेर्नुहाेस् विज्ञप्ति
.jpg)











-1784031842.jpg)