बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर
काठमाडौं, चैत १९ : बलिउडकी चर्चित अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर पुष्टि भएको छ।उनी चर्चित अभिनेता अनुपम खेरकी पत्नी तथा भारतीय जनता पार्टी (भाजपा)...
काठमाडौं, चैत १९ : बलिउडकी चर्चित अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर पुष्टि भएको छ।
उनी चर्चित अभिनेता अनुपम खेरकी पत्नी तथा भारतीय जनता पार्टी (भाजपा) की सांसदसमेत हुन्। किरणको अनुरोधमा पति अनुपम र छोरा सिकन्दर खेरले औपचारिक रूपमा सो कुरा बाहिर ल्याएका हुन्।
उनीहरुले सार्वजनिक गरेको विज्ञप्तिमा किरणलाई ब्लड क्यान्सर पुष्टि भएको उल्लेख छ। किरणले स्वास्थ्यलाभको प्रार्थना गरिदिन अनुरोध गरेको विषय पनि विज्ञप्तिले समेटेको छ।
किरणले यो क्यान्सरलाई जित्ने र उनी थप बलियो भएर बाहिर आउने विश्वास आफूहरूले लिएको पति अनुपम र छोरा सिकन्दरले बताएका छन्।
प्रकाशित मिति: १६:३९ बजे, बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












