Kathmandu Press

‘सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गरिने’

काठमाडौं, चैत १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। मन्त्रालयद्वारा आज...
‘सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गरिने’

काठमाडौं, चैत १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। 

मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘दूरसञ्चार सेवाको पहुँच प्रवाह तथा गुणस्तर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘सूचना र प्रविधिमा सबैको पहुँच विस्तार गर्न सूचना प्रदायक निकाय र जनप्रतिनिधिसँग छलफल गरी आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिनेछ।’ 

मन्त्री गुरुङले सातै प्रदेशमा सूचना र प्रविधिको विस्तार र विकासमा भएका पहलको समीक्षा गरी नयाँ योजना तयार गरिने जानकारी दिए। कार्यक्रममा सूचना र प्रविधिको विकास र विस्तारमा प्रदेश १ मा भएका प्रयासको समीक्षा गर्दै सेवालाई गुणस्तरीय बनाउन सम्बन्धित क्षेत्रबाट निर्वाचित सांसदको सुझाव सङ्कलनसमेत गरिएको छ।

मन्त्रालयले शुक्रबारदेखि सातै प्रदेशमा सूचना प्रविधिका क्षेत्रमा भएका प्रगतिको समीक्षा गरी सुझाव सङ्कलन गर्ने भएको छ। सो अवसरमा प्रदेश १ बाट प्रतिनिधित्व गर्ने सांसदहरुले नेपाल टेलिकमले इन्टरनेट र मोबाइल नेटवर्कमा आउने समस्या समाधन गर्नुपर्ने सुझाव दिए। सांसद डा. विजय सुब्बाले ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार गरी आम नागरिकको पहुँचमा पुर्याउनुपर्नेमा जोड दिए।

अर्का सांसद यज्ञराज सुनुवारले प्रदेश १ को पहाडी जिल्लामा अझै सञ्चारको पहुँच पुग्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए। मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सरोकारवालाको सुझावका आधारमा मन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ मा दूरसञ्चारसम्बन्धी रणनीति बनाउने तयारी गरेको जानकारी दिए। 

दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विगत तीन वर्षयता इन्टरनेट विस्तारको काम द्रूतगतिमा अघि बढाइएको जानकारी दिए। आर्थिक वर्ष २०८१/८२ सम्ममा थप नौ लाख सेवाग्राहीको घरमा इन्टरनेट सेवा विस्तार गरिने उनको भनाइ छ। 

नेपाल दूरसञ्चार प्राधिकारणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण दूरसञ्चार सेवा कोष प्रयोग गरी सूचना महामार्ग निर्माणमा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको बताए। 

प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, चैत १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्