Kathmandu Press

फास्ट ट्र्याककाे दोस्रो प्याकेज खरिद प्रक्रिया रद्द गर्न सेनालाई लेखाकाे निर्देशन

फास्ट ट्र्याककाे दोस्रो प्याकेज खरिद प्रक्रिया रद्द गर्न सेनालाई लेखाकाे निर्देशन

काठमाडौं, चैत १९ : संसदको सार्वजनिक लेखा समितिले काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्र्याक) दोस्रो प्याकेजको खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले सुरुङ र पुल निर्माणसम्बन्धी उक्त प्याकेज रद्द गर्न नेपाली सेनालाई निर्देशन दिएको हो।

बैठकमा रक्षा मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरूको उपस्थिति थियो। फास्ट ट्रयाकमा अहिले दुई चरणमा काम भइरहेको छ । पहिलो चरणमा दुई निर्माण कम्पनी छनोट गरेको सेनाले दोस्रोमा भने एउटा मात्रै निर्माण कम्पनी छनोट गरेको थियो। एउटा मात्र कम्पनी छनोट गर्दा प्रतिस्पर्धा हुने नसक्ने भन्दै त्यसलाई रद्द गरेर पुनः छनोट प्रक्रिया थाल्न निर्देशन दिइएको हो । 

फास्ट ट्रयाकअन्तर्गत अहिले मकवानपुरको धोद्रे र लेनडाँडामा दुईवटा सुरुङमार्ग र पुल निर्माणका लागि २१ वटा कम्पनी प्रतिस्पर्धामा थिए। नेपाली सेनाले चीनको पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसन लिमिटेडलाई मात्र छनोट गरेको थियो।

लेखाले छनोट प्रक्रिया सार्वजनिक खरिद ऐनअनुसार नभएको निष्कर्ष निकालेको छ। बैठकले पूर्वयोग्यता परीक्षण, बोलपत्र तथा प्रस्ताव आह्वानसम्बन्धी उपयुक्त निर्देशिका, कार्यविधि वा मापदण्ड तयार गरी उपलब्ध गराउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई समेत निर्देशन दिएको छ।

प्रकाशित मिति: १६:१० बजे, बिहीबार, चैत १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्