Kathmandu Press

टिआरसी ऐन र पदाधिकारी नियुक्तिबारे नेकपा–कांग्रेस गम्भीर गृहकार्यमा 

काठमाडौं, जेठ २३ : शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) ऐनलाई संशोधन गर्ने र आयोगका पदाधिकारी नि....

टिआरसी ऐन र पदाधिकारी नियुक्तिबारे नेकपा–कांग्रेस गम्भीर गृहकार्यमा 

काठमाडौं, जेठ २३ : शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) ऐनलाई संशोधन गर्ने र आयोगका पदाधिकारी नियुक्तिबारे नेकपा र कांग्रेसका नेताहरूबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकम दाहाल तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित भएको छलफललाई निरन्तरता दिँदै बिहीबार पनि नेकपा संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो।

 छलफलमा हिजोको बैठकमा पनि सहभागी नेकपाका ततर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उर्जामन्त्री वर्षमान पुन तथा कांग्रेसका रमेश लेखक र मिनेन्द्र रिजाल सहभागी थिए।

नेकपा संसदीय दलका उपनेता नेम्वाङले शान्ति प्रक्रियाका काम छिटो सक्ने स्पीरिटका साथ छलफल भइरहेको बताए। उनले भने, ‘दलहरू यसमा गम्भीरता साथ लागेका छन्। छलफल सकारात्मक छ।’

कांग्रेस नेता रिजालले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक र आयोगका पदाधिकारी नियुक्ति दुवै विषयमा छलफल भएको छ। यी काम चाँडो सक्ने भनेर छलफल भएको छ। आयोगको म्याद पनि सकिन लागेकाले यसमा हामी गम्भीर छौँ।’ 
 

प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, जेठ २३, २०७६