मकवानपुरको थाहा नगरमा नवजात शिशुको शव फेला
मकवानपुर, चैत १९ : मकवानपुर जिल्लाको थाहा नगरपालिका–६ मा बिहीबार बिहान एक नवजात शिशुको शव फेला परेको छ । थाहा नगरपालिका–६ सरस्वती बजारस्थित नासलथान खोलाको...
मकवानपुर, चैत १९ : मकवानपुर जिल्लाको थाहा नगरपालिका–६ मा बिहीबार बिहान एक नवजात शिशुको शव फेला परेको छ ।
थाहा नगरपालिका–६ सरस्वती बजारस्थित नासलथान खोलाको बगर छेउमा शालनालसहित एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार टाउकोपट्टिको भागमा टोकेको अवस्थामा नवजात शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनास अधिकारी जानकारी दिए।
प्रकाशित मिति: १५:५१ बजे, बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)