ट्याक्सीका लागि छुट्टै पार्किङ स्थल तोक्दै काठमाडौं महानगरपालिका
काठमाडौं, जेठ २३ : काठमाडौं महानगरपालिकाले ट्याक्सी रोक्नका लागि निश्चित पार्किङ स्थल तोक्ने तयारी गरेको छ।
जथाभावी रुपमा ट्याक्स....

काठमाडौं, जेठ २३ : काठमाडौं महानगरपालिकाले ट्याक्सी रोक्नका लागि निश्चित पार्किङ स्थल तोक्ने तयारी गरेको छ।
जथाभावी रुपमा ट्याक्सी पार्किङ गर्दा सवारी जाम बढेको भन्दै महानगरपालिकाले निश्चित पार्किङ स्थल तोक्ने तयारी गरेको हो। महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले सडककै छेउमा ट्याक्सी रोकेर राख्दा ट्राफिक जाम बढ्ने भएकाले निश्चित क्षेत्र छुट्याएर पार्किङका लागि उपलब्ध गराइने बताए।
उनले निश्चित पार्किङ स्थल तोक्दा ट्याक्सी चढ्नलाई सर्वसाधारणलाई खोज्दै हिड्नु पर्ने बाध्यता पनि हट्ने बताए। उनका अनुसार ट्याक्सीको आवश्यकता परे टोल फ्रि नम्बर उपलब्ध पनि गराइने छ।
ट्याक्सी व्यवसायीको विरोध
महानगरले निश्चित पार्किङ स्थल तोक्ने तयारी गरेपछि ट्याक्सी व्यावसायीहरुले विरोध जनाएका छन्।
निश्चित क्षेत्रमा पार्किङ गरेर बस्दा यात्रु नपाइने भन्दै व्यवसायीहरुले महानगरले आफ्नो रोजीरोटीमै धक्का लाग्ने गरी निर्णय गर्न लागेको बताएका हुन्।
निश्चित पर्किङ क्षेत्र तोकेर महानगरले ट्याक्सी व्यवसायीलाई अप्ठ्यारो पार्न खोजेको ट्याक्सी चालक अनुप श्रेष्ठले बताए।











