Kathmandu Press

२६ किलो गाँजासहित एक जना पक्राउ

पर्सा, चैत १९ : पर्साबाट साढे २६ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । पर्सा प्रहरीले परेर्वासुनौली गाउँपालिका–२ अखवाका रामेश्वर पञ्जियारलाई बुधबार पक्राउ गरेको...
२६ किलो गाँजासहित एक जना पक्राउ

पर्सा, चैत १९ : पर्साबाट साढे २६ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । 

पर्सा प्रहरीले परेर्वासुनौली गाउँपालिका–२ अखवाका रामेश्वर पञ्जियारलाई बुधबार पक्राउ गरेको हो।

पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार घरमा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा र गाँजा च्याप्ने मेसिनसहित उनलाई पक्राउ गरिएको हो ।  

पञ्जियारलाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, चैत १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्