Kathmandu Press

मेलम्चीले खुट्टा टेकिसक्यो, अब छिट्टै काठमाडौंमा पानी आउँछः मन्त्री मगर 

दाङ, जेठ २३ : खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानी काठमाडौं ल्याउने काम अघि द्रुत गतिमा भइरहेको बताएकी छिन्।

‘मेलम्चीको पान....

मेलम्चीले खुट्टा टेकिसक्यो, अब छिट्टै काठमाडौंमा पानी आउँछः मन्त्री मगर 

दाङ, जेठ २३ : खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानी काठमाडौं ल्याउने काम अघि द्रुत गतिमा भइरहेको बताएकी छिन्।

‘मेलम्चीको पानीबारे काठमाडौंमा मात्रै होइन देशभर चासो छ,’ उनले भनिन्,‘मेलम्चीले खुट्टा टेकिसकेको छ, छिट्टै काठमाडौंमा पानी आइपुग्छ।’

बिहीबार रिपोर्टर्स क्लब दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री मगरले देशभर खानेपानीको समस्या रहेकाले त्यो समस्या समाधान गर्न आफूले काम गरिरहेको बताइन्।

सरकारले खानेपानीलाई मौलिक अधिकारमा राखेको भन्दै सबै नागरिकमा खानेपानीको पहुँच अभिवृद्धि गर्न बजेट पनि वर्षेनी बढ्दै गएको उनको भनाइ थियो।

अझै पनि नेपालका ८८ प्रतिशत नागरिकमा खानेपानीको पहुँचमा पुग्न नसकेको र २० प्रतिशत नागरिकले मात्रै प्रशोधित पानी पिउने गरेकाले सन् २०३० सम्म यो अवस्थालाई शून्यमा झार्नुपर्ने चुनौती रहेको उनले बताइन्।

उनले खानेपानीका थुप्रै आयोजनाहरु भएपनि ती आयोजना सम्पन्न गर्न प्रयाप्त रकम नभएको बताइन्।

फरक प्रसंगमा मन्त्री मगरले दाङमा बबईको पानी लिफ्टिङ, पातुखोलामा हाइड्याम निर्माण गरेर दाङको खानेपानीको समस्या समाधान गर्न सकिने उनको भनाइ छ। ‘दाङको खानेपानी समस्या समाधान बैकल्पिक मार्गबाट गर्न सकिन्छ,’ उनले भनिन्।

केन्द्रीय बजेटमा दाङमा के–के योजनाहरु परे भन्ने कुरा रातो किताबमा आएपछि मात्रै थाहा हुने उनले बताइन्।  
 

प्रकाशित मिति: १८:१२ बजे, बिहीबार, जेठ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्