Kathmandu Press

आइएमईमा लुटपाटमा संलग्न ४ जना पक्राउ

आइएमईमा लुटपाटमा संलग्न ४ जना पक्राउ

काठमाडौं, चैत १९ : काठमाडौंमा बुधबार दिउँसो आइएमईमा लुटपाट भएको छ । 

काठमाडौं–२२ खिचापोखरीस्थित ग्लोबल जिपाङ टुर्स एन्ड ट्राभल्स आइएमईमा बुधबार ३ः५६ बजे लुटेराहरूले ६ लाख रुपैयाँ लुटपाट गरेका हुन् । 

आइएमईका कर्मचारी दीपक मल्लको हात बाँधेर खुकुरी देखाइ लुटेराहरुले लुटपाट गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । 

महानगरीय प्रहरीले लुटपाटमा संलग्न चार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर घर भई पुरानो बानेश्वरको होस्टलमा बस्ने १७ वर्षीय दीपुन श्रेष्ठ, रुकुम सानीभेरी घर भई सोही होस्टलमा बस्ने २१ वर्षीय तिलक रावत, कालीकोट घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीय नवीन केसी र सोही ठाउँका २० वर्षीय उमेश केसी छन्। 

लुटपाटको घटना भएकाे झन्डै एक घन्टापछि  प्रहरी आइएमई पुगेको थियो। 

प्रकाशित मिति: १३:०२ बजे, बिहीबार, चैत १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्