Kathmandu Press

तोलामा नौ सयले बढ्यो सुनको मूल्य 

काठमाडौं, चैत १९ : स्थानिय बजारमा बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ ।बुधबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन...
तोलामा नौ सयले बढ्यो सुनको मूल्य 

काठमाडौं, चैत १९ : स्थानिय बजारमा बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ ।

बुधबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९०० रुपैयाँ बढेर तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी बिहीबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बुधबार तोलामा ११९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२१० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: ११:५४ बजे, बिहीबार, चैत १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्