मुख्य न्यायाधिवक्तालाई राज्यमन्त्री सरहको वरियता माग
जनकपुर, चैत १८ : प्रदेशका मुख्य न्यायाधिवक्तालाई राज्यमन्त्री सरह वरियाताक्रम मिलाउने माग गरिएको छ।बुधबार प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले महान्यायाधिवक्ता रमेश...
जनकपुर, चैत १८ : प्रदेशका मुख्य न्यायाधिवक्तालाई राज्यमन्त्री सरह वरियाताक्रम मिलाउने माग गरिएको छ।
बुधबार प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले महान्यायाधिवक्ता रमेश बडाललाई माग पत्र बुझाउँदै मुख्य न्यायाधिवक्तालाई राज्यमन्त्री सरहको वरियताक्रममा राख्न माग गरेका हुन्। उनले बुझाएको ६ बुँदे मागपत्रमा मुख्य न्यायाधिवक्ताको वरियताक्रम सुधारका लागि गृह मन्त्रालयमा पहल गरिदिन आग्रह गरिएको छ।
यसअघि सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको वरियता राज्यमन्त्री सरह रहेको थियो। गृह मन्त्रालयले संशोधन गरी निकै तल राखेको मुख्य न्यायाधिवक्ता झाले बताए।
त्यस्तै, मुख्य न्यायाधिवक्ता झाले कर्मचारीको पनि माग गरेका छन्। दक्ष कर्मचारी नहुँदा काम प्रभावित भएको उनले बताएका छन्।
प्रदेशका सरकारी वलिकले मुख्य न्यायाधिवक्ताको कार्यालयसँग समन्वय नगरेको उनले बताएका छन्। त्यसका लागि पनि पहल गरिदिन झाले आग्रह गरेका हुन्।











-1784031842.jpg)