Kathmandu Press

माओवादीले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं, चैत १८ : नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।प्रदेश १ मा माओवादीको समर्थनमा नेकपा (एमाले)का...
माओवादीले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं, चैत १८ : नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।

प्रदेश १ मा माओवादीको समर्थनमा नेकपा (एमाले)का शेरधन राई मुख्यमन्त्री रहेका छन्। एमाले र माओवादी अलग भएपछि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो।

चैत २३ गते प्रदेश सभाको बैठक बोलाइएको छ। त्यसअघि नै समर्थन फिर्ता लिने माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए।  ‘अविश्वासको प्रस्ताव बैठकबाटै र सरकारलाई दिएको समर्थन संसद बैठकअघि फिर्ता लिन्छौं,’ उनले भने।

गत पुष १२ गते नेकपाको प्रचण्ड नेपाल पक्षका सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। एमाले र माओवादी अलग भएपछि एमालेका सांसदले अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिइसकेका छन्।

एमालेको बहुमत रहेकाले अविश्वास प्रस्तावको औचित्य सकिएको छ। त्यसैले माओवादीले अविश्वास प्रस्ताव पनि फिर्ता लिन लागेको हो।

सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने उनले बताए। 'समग्र राजनीतिक परिस्थिती र राजनीतिक कोर्स कसरी अगाडि बढ्छ सोही अनुरुप अगाडि बढ्छौ,' उनले भने।

प्रकाशित मिति: १९:५० बजे, बुधबार, चैत १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्