Kathmandu Press

कर्णाली सरकार अल्पमतमा परेपछि एमालेले बोलायो संसदीय दलको बैठक

वीरेन्द्रनगर, चैत १८ : मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेकपा (एमाले) प्रदेश संसदीय दलको बैठक बोलाएको...
कर्णाली सरकार अल्पमतमा परेपछि एमालेले बोलायो संसदीय दलको बैठक

वीरेन्द्रनगर, चैत १८ : मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेकपा (एमाले) प्रदेश संसदीय दलको बैठक बोलाएको छ।

एमालेले चैत २२ गते प्रदेश संसदीय दलको बैठक बोलाएको हो। यसअघि चैत ४ गते संसदीय दलको बैठक बसेको थियो। सो बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

एमालेले समर्थत फिर्ता लिएपछि चैत ५ गतेदेखि सरकार अल्पमतमा परेको कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई जानकारी दिएका छन्। उनले मुख्यमन्त्री शाहीलाई मंगलबार जानकारी दिएका हुन्।

चैत ४ गतेको बैठकमा माधव नेपाल पक्षका १० जना सांसद उपस्थित थिएनन्। प्रदेश सभामा एमालेका २० जना सांसद छन्।

नयाँ सरकार गठनका लागि एमालेले तयारी थालेको हो। चैत २२ गते बोलाएको संसदीय दलको बैठकमा सबै सांसद उपस्थित हुने एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले बताए।

 

प्रकाशित मिति: १९:०५ बजे, बुधबार, चैत १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्