Kathmandu Press

काठमाडौं भित्रिने नाकामा कडाइ गर्दै प्रशासन

कोभिड-१९ को जोखिम बढेपछि काठमाडौं प्रशासनले उपत्यका भित्रिने नाकामा कडाइ थालेको छ।
काठमाडौं भित्रिने नाकामा कडाइ गर्दै प्रशासन

काठमाडौं, चैत १८ : कोभिड-१९ को जोखिम बढेपछि काठमाडौं प्रशासनले उपत्यका भित्रिने नाकामा कडाइ थालेको छ।

कोरोना प्रसार बढ्न नदिन उपत्यका भित्रिने प्रमुख नाकामा कडाइ थालिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत कोरोना परीक्षण बढाइने बताएको थियो। खासगरी, ज्वरो आएका र रुघाखोकी लागेका यात्रुलाई अनिवार्य पीसीआर परीक्षणमा पठाइन थालेको प्रशासनले जनाएको छ।

सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयलाई परीक्षणको दिइएको छ। नाकामा तैनाथ सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले यात्रुको परीक्षण गर्ने गरेका छन्। र, सम्भावित लक्षण देखिएका यात्रुलाई पीसीआर परीक्षणमा पठाउने गरेका छन्।
 

प्रकाशित मिति: १७:४५ बजे, बुधबार, चैत १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्