Kathmandu Press

अख्तियारकी पहिलो महिला आयुक्त गुरुङले पाइन् अवकाश

काठमाडौं, चैत १८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सावित्री गुरुङले बुधबार अवकाश पाएकी छन्।पहिलो महिला आयुक्त रहेकी उनको बुधवार टंगालस्थित आयोगको...
अख्तियारकी पहिलो महिला आयुक्त गुरुङले पाइन् अवकाश

काठमाडौं, चैत १८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सावित्री गुरुङले बुधबार अवकाश पाएकी छन्।

पहिलो महिला आयुक्त रहेकी उनको बुधवार टंगालस्थित आयोगको केन्द्रीय कार्यालयमा प्रमुख आयुक्त प्रेमकुमार राईले बिदाइ गरे । 

डा. गुरुङ २०७१ चैत १९ मा नियुक्त भएकी थिइन् । अवकाशसँगै उनी २०६४ पछि ६ वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाने पहिलो आयुक्त बनेकी हुन्। 

उनको अवकाशसँगै आयोगमा दुई आयुक्तको पद खाली हुने भएको छ। यसअघि हालका  प्रमुख आयुक्त राईलाई संवैधानिक परिषद्ले नियुक्त गरेपछि कार्यवाहक प्रमुख डा. गणेशराज जोशीले राजीनामा दिएका थिए।

प्रकाशित मिति: १७:२४ बजे, बुधबार, चैत १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्