Kathmandu Press

वैदेशिक रोजगारीमा जाने कामदारको उडान सुचारू 

काठमाडौं, जेठ २३ : वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा जाने कामदारको उडान पुनः सुचारु गरेको छ।

आफूहरुले उठाएका माग पूरा गर्न....

वैदेशिक रोजगारीमा जाने कामदारको उडान सुचारू 
फाइल फोटो

काठमाडौं, जेठ २३ : वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा जाने कामदारको उडान पुनः सुचारु गरेको छ।

आफूहरुले उठाएका माग पूरा गर्न सरकार तयार नभएको भन्दै संघले एक साताका लागि वैदेशिक रोजगारीमा जाने कामदारको उडान रोकेको थियो। सरकारलाई दबाब दिन भन्दै संघले जेठ १७ देखि २२ गतेसम्म वैदेशिक रोजगारमा जाने कामदारको उडान भरेको थिए। योसँगै बिहीबारदेखि नै वैदेशिक रोजगारमा जाने कामदार उडाउन सुरु भएको छ।

‘हामीले एक साता उडान रोकेर सरकारलाई ध्यानाकर्षण मात्रै गराएका हौं।माग सम्बोधन नभए फेरि चर्को आन्दोलन गर्छौं,’ संघका अध्यक्ष रोहन गुरुङले भने। संघले अघि सारेको ७ बुँदे माग सम्बोधनका लागि सरकारलाई तीन महिने अल्टिमेटम पनि दिएको छ। संघले ७ बुँदे माग राख्दै जेठ ३ गतेदेखि आन्दोलन  गर्दै आएका छन्।

म्यानपावर व्यवसायीहरुले मलेसिया रोजगारी सुचारु गर्नुपर्ने लगायत ७ बुँदे माग अघि सारेका छन्।
 

प्रकाशित मिति: १६:१२ बजे, बिहीबार, जेठ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्